कोशी सरकार

कोशीका नवनियुक्त मुख्यमन्त्री कार्कीद्धारा पद तथा गोपनीयताको शपथ ग्रहण

राना र उप्रेतिले पनि लिए मन्त्रीको सपथ
  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ बैशाख २७, बिहिबार (१ हप्ता अघि)
  • ६४ पटक पढिएको
कोशीका नवनियुक्त मुख्यमन्त्री कार्कीद्धारा पद तथा गोपनीयताको शपथ ग्रहण

बैशाख २८,विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

बिहीबार बिहान संविधानको धारा १६८ को ५ अनुसार मुख्यमन्त्री नियुक्त भएका कार्कीले बेलुका प्रदेश प्रमुख पर्शुराम खापुङबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

कार्कीसँगै दुई जना मन्त्रीले पनि शपथ लिएका छन् । नेकपा एमालेबाट राम राना र नेकपा माओवादी केन्द्रबाट गणेश उप्रेती मन्त्री बनेका हुन् ।

उनीहरूको जिम्मेवारी भने पछि तोकिनेछ । नेकपा एमाले संसदीय दलका उपनेतासमेत रहेका राना केदार कार्की नेतृत्वको सरकारमा पनि मन्त्री बनेका थिए । उप्रेती पनि कार्की नेतृत्वको सरकारमा मन्त्री बनेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस