नेकपा एसको आज पनि स्थायी कमिटी र पोलिटब्यूरो बैठक

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ बैशाख ३०, आईतबार (१ साल अघि)
  • ७५ पटक पढिएको
नेकपा एसको आज पनि स्थायी कमिटी र पोलिटब्यूरो बैठक

बैशाख ३०, काठमाडौँ । सत्तारुढ नेपाल एकीकृत समाजवादीको स्थायी कमिटी र पोलिटब्यूरो बैठक आज –आइतबार पनि बस्ने भएको छ । स्थायी कमिटी बैठक पार्टीको केन्द्रीय कार्यालयमा बिहान ११ बजेबाट बैठक सुरु हुनेछ । हिजोदेखि सुरू भएको बैठकमा नेताहरूले बोल्ने क्रम बाँकी रहेकाले आज पुनः बैठक बस्न लागेको पार्टीका उपमहासचिव एवम् केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

हिजोको बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले समसामयिक राजनीतिक अवस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिलगायत विषयमाथि आफ्नो धारणा राखेको र महासचिव घनश्याम भुसालले आसन्न महाधिवेशनका तयारीसहितका एजेण्डाबारे जानकारी गराएका थिए ।

 

ताजा अपडेट

खोजी गर्नुहोस