स्वास्थ्य मन्त्री यादवको पहिलो निर्णय नारायणी अस्पतालसहित सरकारी अस्पतालहरुमा जनशक्ति थप गर्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ जेष्ठ १, मंगलबार (१ साल अघि)
  • ५६ पटक पढिएको
स्वास्थ्य मन्त्री यादवको पहिलो निर्णय नारायणी अस्पतालसहित सरकारी अस्पतालहरुमा जनशक्ति थप गर्ने

दिपू वर्णवाल

जेठ १, वीरगञ्ज । संघीय सरकारका नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले वीरगञ्जको नारायणी अस्पतालसहित सरकारी अस्पतालहरुमा जनशक्ति थप गर्ने निर्णय गरेका छन् ।

सोमबार मन्त्री पदको शपथ लिएपछि स्वास्थ्य मन्त्रालयमा पदबहाली गर्दै नवनियुक्त मन्त्री यादवले नारायणीसहित ठूला सरकारी अस्पतालमा जनशक्ति थप गर्ने पहिलो निर्णय गरेका हुन् ।

यादवका स्वकिय सचिव निखिल वर्णवालका अनुसार, वीरगञ्जको नारायणी अस्पताल, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ९न्याम्स० वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, कान्ति बाल अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, भरतपुर अस्पताल, डडेल्धुरा अस्पताल, भेरी अस्पताल, क्षयरोग केन्द्र लगायतका संस्था तथा अस्पतालको संगठन तथा व्यवस्थापन सर्वेक्षण अनुसार जनशक्ति थप गर्ने मन्त्री यादवले पहिलो निर्णय गरेका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस