कूटनीतिक  बैठक

नेपाल-चीन सचिवस्तरीय कूटनीतिक परामर्श संयन्त्रको बैठक बस्दै

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ अषाढ ११, मंगलबार (११ महिना अघि)
  • ८८ पटक पढिएको
नेपाल-चीन सचिवस्तरीय कूटनीतिक परामर्श संयन्त्रको बैठक बस्दै

असार ११, काठमाडौँ । नेपाल चीन सचिवस्तरीय कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठक आज काठमाडौंमा सुरु हुँदै छ ।
बैठकमा सहभागी हुन चिनियाँ पक्षबाट उपविदेशमन्त्री सुन वेइडोङ सोमबार नेपाल आइसकेका छन् ।

यस्तै, उपविदेशमन्त्री सुन वेइडोङ र नेपालका तर्फबाट परराष्ट्र सचिव सेवा लम्सालले बैठकको नेतृत्व गर्दै छन् ।
बैठकमा दुई देशबीचको आपसी सहयोग, व्यापार, सीमा व्यवस्थापन तथा दुई देशबीच भएका द्विपक्षीय सम्झौताबारे छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपालले व्यापार, लगानी र पर्यटन प्रवद्धन, कनेक्टिभिटी विस्तार, कृषि, शिक्षा, चिनिया सहयोगलगायतको विषयलाई समेटेर एजेन्डा तय गरेको जनाइएको छ ।

#कूटनीतिक  बैठक

ताजा अपडेट

खोजी गर्नुहोस