कांग्रेस सभापति देउवा एक साताका लागि भोलि डडेल्धुरा जाँदै

  • अनलाइन केन्द्र
  • / नेपाली कांग्रेस /
  • २०८१ कार्तिक २४, शनिबार (६ महिना अघि)
  • १०१ पटक पढिएको
कांग्रेस सभापति देउवा एक साताका लागि भोलि डडेल्धुरा जाँदै

कार्तिक २४, काठमाडौँ । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा गृहजिल्ला डडेल्धुरा भ्रमणमा जाने भएका छन् । उनी आइतबार बिहान एकसाता लामो भ्रमणका लागि डडेल्धुरा जान लागेका हुन् ।

कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिका अनुसार सभापति देउवा आइतबार बिहान १० बजे काठमाडौंबाट डडेल्धुराका लागि प्रस्थान गर्ने कार्यतालिका रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस