जसपा नेपालको यशोधरा गाउँपालिका समिति पुनर्गठन

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८१ पौष १८, बिहिबार (४ महिना अघि)
  • ५१ पटक पढिएको
जसपा नेपालको यशोधरा गाउँपालिका समिति पुनर्गठन

पौष १८, काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपाल कपिलवस्तु जिल्लाको यशोधरा गाउँपालिका समिति पुनर्गठन भएको छ । पालिकामा आयोजित भेलाबाट हरिशचन्द्र पाठकको अध्यक्षतामा ४१ सदस्यीय समिति पुनर्गठन गरिएको हो ।

समितिको उपाध्यक्षमा प्रमात्मा यादव, सफिक मुसलमान, सचिव दीपक यादव, उपसचिवहरु कमलवती नाउ, विराज सैनी र कोषाध्यक्षमा मिथुन तेली चयन भएका छन् ।

कार्यक्रममा पार्टीका नेताहरु सुदीप पौडेल, अब्दुल रशिद खाँ, साधिका यादवलगायतले मन्तव्य राखेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस