राजतन्त्र पुर्न:स्थापनाको आन्दोलनमा साथ दिन रास्वपालाई पत्र

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८२ जेष्ठ ७, बुधबार (७ घण्टा अघि)
  • ४६ पटक पढिएको
राजतन्त्र पुर्न:स्थापनाको आन्दोलनमा साथ दिन रास्वपालाई पत्र

जेठ ७, काठमाडौं । वर्तमान व्यवस्था उल्ट्याउन बनेको राजावादीहरुको समूह ’संयुक्त जनआन्दोलन समिति’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई आफ्नो आन्दोलनमा साथ दिन आग्रह गरेको छ । मंगलबार जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले रास्वपा उपसभापति डोलप्रसाद अर्याललाई पत्र लेखेर आन्दोलनमा साथ दिन आग्रह गरेका हुन् ।

पत्रमा समितिले जेठ १५ गतेदेखि देशव्यापी जनआन्दोलन सुरु गर्न लागेको उल्लेख गर्दै, हालको राजनीतिक व्यवस्थाले जनताको सुशासन र समृद्धिको चाहना पुरा गर्न नसक्ने उल्लेख गरेको छ । पत्रमा यो व्यवस्थामा पार्टीका सभापति रवि लामिछानेले निष्पक्ष न्याय नपाउने आशय व्यक्त गर्दै आन्दोलनमा साथ दिन भनेको छ ।

पत्रमा भनिएको छ, ‘राज्यका प्रमुख संवैधानिक तथा न्यायिक अंगहरू दलीय हस्तक्षेप र दलीयकरणको गम्भीर शिकार बनिसकेको सन्दर्भमा यस व्यवस्थाबाट तपाईंहरू पनि सन्तुष्ट हुनुहुन्न भन्ने हाम्रो बुझाइ छ । यसैले वर्तमान व्यवस्था परिवर्तन गर्नु आजको ऐतिहासिक आवश्यकता हो भन्ने कुरामा हामीबीच साझा समझदारी हुन सक्ने आशा लिएको छु ।’

रास्वपाको वैचारिक चिन्तनकै आधारमा आन्दोलनमा साथ मागेको भन्दै सुवेदीले लेखेका पत्रमा भनेका छन्, ‘तपाईंकै पार्टीको मूल सैद्धान्तिक चिन्तन र वर्तमान व्यवस्थाप्रतिको आलोचनालाई दृष्टिगत गर्दै, म हाम्रो आन्दोलनमा सहकार्य र सहभागिताको प्रस्ताव गर्दछु ।’

ताजा अपडेट

खोजी गर्नुहोस