निर्मलालाई न्याय माग्दा एक युवाको खुट्टा गुम्यो, अरु दुई युवाको हात र खुट्टा भाँचियो, अन्य घाइते धेरै

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७५ मंसिर २०, बिहिबार (६ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

मंसिर २०, काठमाडौं । बुधबार दिउँसो महाराजगञ्जस्थित शिक्षण अस्पतालको न्यूरोलोजिकल वार्डको ३१५ नम्बर क्याविनमा पुग्दा कञ्चनपुरका २० वर्षीय अर्जुन भण्डारा ह्विलचेयरमा थिए।

क्याबिन आगन्तुकले भरिएको थियो। ५३ वर्षीय आमा शिवकला छोरालाई चम्चाले खाना खुवाउँदै आगन्तुकलाई उनको स्वास्थ्यवारे जानकारी गराउँदै थिइन्।

अर्जुन बोल्न सक्दैनन्। १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको विरोधमा भएको न्यायिक आन्दोलनका क्रममा ७ भदौमा प्रहरीको गोली लागेर घाइते भएका हुन् अर्जुन।

उनको टाउको बाहेक शरीरका कुनै अंग चल्दैनन्। उनी कक्षा १२ पास गरेर इन्जिनियरिङ पढ्ने तयारी गर्दै थिए।

भीमदत्त नगरपालिका–१८ का १४ वर्षीय चेतन भट्टको बायाँ हातमा गोली लागेको थियो। अहिले पनि उनको हातमा गोलीका छर्रा छन्। कक्षा ८ का विद्यार्थी उनी गोली लागेपछि विद्यालय जान सकेका छैनन्।

भीमदत्त–२ भाँसीका १६ वर्षीय उमेश देउवा पनि ४ महिनादेखि स्कुल जान सकेका छैनन।

उनको बायाँ खुट्टामा गोली लागेको थियो। अप्रेशन गरेर उनको खुट्टामा रड राखिएको छ।

आन्दोलनका क्रममा गम्भीर घाइते अरु तीनको स्वास्थ्यमा पनि अझै पूर्ण सुधार भएको छैन।

ताजा अपडेट

खोजी गर्नुहोस