मंसिर २०, काठमाडौं । नयाँ दिल्लीको दिलसाद गार्डेनस्थित संस्कार आश्रम (सेल्टर होम) बाट शनिबार मध्यरातिदेखि हराईरहेका ८ नेपाली महिलाको अबस्था अज्ञात छ।
उनीहरु गत बैशाखदेखि त्यहाँ बस्दै आएका थिए ।
स्थानीय प्रहरी र दिल्ली महिला आयोगको समन्वयमा एक वर्षअघि जीबी मार्केटबाट उद्धार गरिएका उनीहरुलाई त्यसअघि द्वारकास्थित अर्को आश्रमस्थलमा राखिएको थियो।
नेपाली महिलासँगै बेपत्ता भएकी बिहारकी एक बालिकाको अबस्था पनि अज्ञात छ।
आश्रममा बालिका तथा महिला गरी ८० जना बस्दै आएका थिए।
चौबीसै घण्टा सीसीटीभी क्यामेराको निगरानी र तारबारसहित अग्लो पर्खाल लगाइएको ठाउँबाट महिला बेपत्ता हुनुलाई रहस्यमय मानिएको छ।