ठमेलबाट बालकसहित पक्राउ परेका एक विदेशीलाई ७ बर्ष कैद

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७५ मंसिर २०, बिहिबार (६ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

मंसिर २०, काठमाडौं । बालयौन दुराचारको अभियोगमा डच नागरिक पिट ह्यान भन तेरविस्गालाई नेपालको अदालतले ७ बर्ष कैद र ५० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको छ ।

उनी ठमेलको एक होटलबाट असार पहिलो साता बालकसहित पक्राउ परेका थिए ।

बालयौन चाराचार आरोपमै पक्राउ परेका दुई फ्रेन्च नागरिक ४२ बर्षीय क्रिस्टोफी ग्युलोक्स र ३८ बर्षीय डेनिस म्याथु मिचेर चाउपको मुद्धा पनि काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ ।

प्रहरी केन्द्रिय अनुसन्धान ब्युरोका अनुसार पढाईमा सहयोग गर्ने बहानामा पिटले करिब तीन बर्षसम्म ती बालकमाथि यौन दुराचार गरेका थिए ।

ब्युरोले सरकारी वकिलको कार्यालयमार्फत असार २५ गतै पिटविरुद्ध अदालतमा मुद्धा दर्ता गरेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस