चोर बाटो हुँदै अमेरिका हिँडेका पाँच युवा साढे दुई करोड गुमाएर फर्किए

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७५ मंसिर २५, मंगलबार (६ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

मंसिर २५, काठमाडौं । करिब एक वर्षअघि अमेरिका हिँडेका पाँच युवा साढे दुई करोड सकेर रित्तो हात नेपाल फर्किएका छन्।

दलालले उनीहरुलाई भारतको नयाँ ुहँदै रसिया, क्युवा पार गराएर अमेरिका पु¥याउने भनेको थियो। तर, बाटोमै जेल सजाय समेत भोगेर उनीहरु स्वदेश फर्किएका खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

रोल्पाका २२ वर्षीय नरेन्द्र घर्ती मगर १ असोज २०७४ मा अमेरिका जान हिँडेका थिए। अमेरिका पुग्ने आशमा उनले ४८ लाख ५० हजार सिध्याए।

भारतको दिल्ली हुँदै रसियाको मस्को, क्युवाको हवाना, पानामा, हाइटी हुँदै क्यारेवियन मुलुक ट्रक टिटस आइल्याण्ड पुगे। तर, अमेरिका पुगेनन्। टिटस आइल्याण्डमा सात महिना जोल परेर उनी नेपाल फर्किएका हुन्।

ताजा अपडेट

खोजी गर्नुहोस