बालिका बलात्कार गर्ने युवकलाई चार वर्षको जेल सजाय

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७५ मंसिर २८, शुक्रबार (६ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

मंसिर २८, सप्तरी । १२ वर्षीया बालिकालाई बलात्कारको प्रयास गरेको आरोपमा सप्तरीको सुरूङ्गा नगरपालिका वडा नम्बर–४, मधुपट्टीका २४ वर्षीय रमा भनिने रमाकान्त चौधरीलाई अदालतले चार वर्ष कैद सजायको फैसला गरेको छ ।

अदालतबाट १६ महिनाअघि धरौटीमा रिहा भएका आरोपितविरुद्धको अभियोग दाबी पुगेको भन्दै जिल्ला अदालत सप्तरीले चार वर्ष कैद सजायको फैसला गरेको अदालतका स्रेस्तेदार दिलकुमार वर्देवाले जानकारी दिए।

जिल्ला अदालतकै आदेशमा चौधरी ०७४ भदौ १ गते पुर्पक्षका लागि ४० हजार धरौटी राखेर तारेखमा रिहा भएका थिए । पीडितकी आमाले इलाका प्रहरी कार्यालय कडरबोनामा उजुरी दिएपछि प्रहरीले आरोपितलाई ०७४ साउन १२ गते गिरफ्तार गरी मुद्दा चलाएको थियो ।

सुरूङ्गा नगरपालिका ४ मा रहेको हरिनारायण चौधरीको फूलबारीमा ०७४ साउन ७ गते बलात्कार प्रयास गरेको पीडितले आरोप थियो । आरोपितले भने फूलबारीमा नसोधी घाँस काटेकाले घाँस खोसेको तर बलात्कार प्रयास नगरेको बताउँदै आएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस