पौष ९, काठमाडौं । – बिहानीपख हुस्सु र कुहिरो लागेको भएपनि सोमबार दिउँसो काठमाडौँ उपत्यकासहित देशैभरीको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसमविद मञ्जु बासीका अनुसार अहिले काठमाडौँ उपत्यकामा सामान्य कुहिरो लागेको छ र बिस्तारै यो हट्ने क्रममा छ । उनका अनुसार तराईका केही क्षेत्रमा लागेको हुस्स पनि हट्ने क्रममा रहेकोले नौ दशबजेपछि देशैभर घाम लाग्ने सम्भावना रहेको छ ।
काठमाडौँ उपत्यकामा सोमबार बिहानको न्यूनतम तापक्रम आइतबार जस्तै ३.५ डिग्री मापन गरिएको छ भने अधिकतम तापक्रम १७ देखि १९ को बीचमा रहने मौसमविद बासीले बताइन् ।
सोमबार मुलुकका पश्चिमि पूर्वी र मध्य पहाडी भूभागमा सामान्य बदलीको सम्भावना रहेको छ । पश्चिमि वायुको प्रभावले मंगलबार बेलुकीदेखि भने मौसममा बदली हुने सम्भावना देखिएको मौसममविदहरुले जनाएका छन् ।