बंगाल टाइगर मारेको अभियोगमा ६ जना पक्राउ

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७५ पौष १५, आईतबार (६ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

पौष १५, काठमाडौं । आसामको काजीरंगा नेशनल पार्कमा रोयल बंगाल टाइगर मारिएपछि सात जना पक्राउ परेका छन्।

प्रभागीय वन अधिकारी डिएफओ रोहिणी सैकियाका अनुसार अभियुक्तहरु काजीरंगाको काहरा रेञ्जमा बाघको खाल र हड्डीसहित भाग्न लागेको अवस्थामा पक्राउ परेका हुन्।

सैकियाले कार्बीआङलोङ जिल्लाको कोरजुट पहाड क्षेत्रमा बाघको मारिएको बताएका छन्। करिब २५ दिन अगाडि बंगाल टाइगर मारेको हुनसक्ने जनाएका छन्।

बाग र अन्य वन्यजन्तुको तस्करीमा संलग्न भएको अभियोगमा कानुनी कारबाही सुरु गरिएको छ। अभियुक्तहरुलाई अदालतमा प्रस्तुत गरी थप कारबाही प्रक्रिया प्रारम्भ गरिएको उनले जनाए।

जनावरका अंगको चोरी निकासी दक्षिण एशियामा व्यापक रहेको छ। जसका कारण राष्ट्रिय निकुञ्जहरुमा चोरीशिकारी भइरहेको पाइन्छ।

ताजा अपडेट

खोजी गर्नुहोस