आज मौसममा सामान्य सुधार , पानी पर्ला कि नपर्ला ?

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७५ माघ १४, सोमबार (६ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

माघ १४, काठमाडौं । केही दिनदेखि लगातार वर्षा र हिमपात भइरहे पनि सोमबारको मौसममा भने सामान्य सुधार देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसमविद सुवास रिमालले देशका पहाडी भेगमा आशिंक बदली भएपनि अन्य क्षेत्रमा भने आजको मौसम सामान्यतया सफा रहने जानकारी दिए । ‘पहाडी क्षेत्रका केही स्थानमा क्षणिक वर्षाको सम्भावना देखिएको छ अरु ठाउँमा भने मौसम सामान्यतया सफा नै रहने अनुमान छ, सुधारको संकेत देखिएको छ,’ रिमालले भने ।

उनका अनुसार देशका पहाडी भेगका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना र उच्च पहाडी क्षेत्रका केही स्थानमा सामान्य हिमपातको सम्भावना रहेको छ । काठमाडौँ उपत्यकामा अहिले बिहान ६ बजेको न्यूनतम तापक्रम ४.१ डिग्री सेल्सियस रहेको छ भने दिउँसोको अधिकतम तापक्रम १८ देखि २० को बीचमा रहने अनुमान गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस