नेपाल औषधि लिमिटेडले बनाएका औषधि स्वास्थ्य संस्थामा उपलब्ध गराउन समिति गठन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८२ जेष्ठ २, शुक्रबार (९ घण्टा अघि)
  • ४३ पटक पढिएको
नेपाल औषधि लिमिटेडले बनाएका औषधि स्वास्थ्य संस्थामा उपलब्ध गराउन समिति गठन

जेठ २, काठमाडौं । नेपाल औषधि लिमिटेडले उत्पादन गरेका औषधि सरकारी स्वास्थ्य संस्थामा उपलब्ध गराउनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समिति गठन गरेको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले यसबारे जानकारी गराएका हुन् ।

प्रवक्ता बुढाथोकीले औषधि लिमिटेडले उत्पादन गरेका सिटामोल, जीवनजललगायतका औषधिहरू बिक्री नभएको गुनासो आएपछि नियमानुसार तीनै तहका स्वास्थ्य संस्थामा औषधि उपलब्ध गराउने विषयमा स्वास्थ्यमन्त्रीले छलफल गरेपछि समिति गठन गरिएको बताए । उनले स्वास्थ्यमन्त्रीले वाणिज्य तथा आपूर्ति मन्त्रालय र लिमिटेडका प्रतिनिधिहरूसँग छलफल गरेको जानकारी दिए ।

समितिमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिवको नेतृत्वमा स्वास्थ्य मन्त्रालय, अर्थ मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र लिमिटेडका प्रतिनिधि सम्मिलित समिति गठन गरिएको प्रवक्ता बुढाथोकीले बताए । साथै, उनले मन्त्रालयले क्यान्सर रोग उपचारको सेवा विस्तारको क्रमलाई निरन्तरता दिएको जानकारी समेत दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस