औद्योगिक करिडोरमा नियमित बिजुली दिन प्राधिकरणको ध्यानाकर्षण

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८२ जेष्ठ २, शुक्रबार (७ घण्टा अघि)
  • ४० पटक पढिएको
औद्योगिक करिडोरमा नियमित बिजुली दिन प्राधिकरणको ध्यानाकर्षण

जेठ २, काठमाडौं । उद्योग संगठन मोरङले पूर्वका औद्योगिक करिडोरमा विद्युत आपूर्ति अवरोध भईरहेकोप्रति नेपाल विद्युत प्राधिकरणको ध्यानाकर्षण गराएको छ । सुनसरी–मोरङ, विराटनगर–रानी, विराटनगर–कटहरी औद्योगिक करिडोरमा हाल दैनिक ८ देखि १० घण्टासम्म विद्युत आपूर्ति अवरोध हुँदै आएको छ ।

विना पूर्वसूचना भईरहेको विद्युत कटौतिले उद्योग व्यवसायको नियमित सञ्चालनमा व्यवधान सिर्जना भई उत्पादन कटौति गर्न वाध्य हुनुका साथै दैनिक करौडौको आर्थिक नोक्सानी व्यर्होर्नु परिरहेको भनि संगठनले विद्युत प्राधिकरणलाई सम्वेदनशिन हुन आग्रह गरेको हो ।

संगठनका अध्यक्ष राकेश सुरानाले सुख्खायाममा विद्युत आपूर्ति कमी भई उद्योग व्यवसायमा अवरोध हुदै आएको तथ्य र तथ्यांकसहित संगठनले वारम्वार ध्यानाकर्षण गराउदासमेत दीर्घकालिन समाधानका लागि नियामक निकायबाट कुनै ठोस योजना नआएकोमा दुःख व्यक्त गर्दै उद्योग व्यवसायको समस्यालाई गम्भिरतापूर्वक नलिने प्रवृतिले प्राधिकरण नीजि क्षेत्रको प्रताडनाबाट सम्वदेनशिल नभएको अनुभूति भएको बताए ।

प्राधिकरणको नया नेतृत्व विद्युतको नियमित आपूर्ति र गुणस्तर सुधारमा केन्द्रित हुने अपेक्षा लिएतापनि त्यसतर्फ प्राधिकरणले खासै चासो नदेखाई नाफा र नोक्सानीमा केन्द्रित हुनाले उद्योग व्यवसाय थप प्रताडित हुन पुगेको अध्यक्ष सुरानाले बताए ।

उनले सुख्खायाममा एकातर्फ विद्युत महशुल वढी लिने र अर्कातर्फ विद्युत निरन्तर आपूर्ति समेत नगरिदिनाले उद्योग व्यवसाय दोहोरो मारमा परेका विद्युत आपूर्तिको समस्यालाई दीर्घकालिन रुपमा समाधान गर्नका साथै नियमित आपूर्तिको व्यवस्था गर्न प्राधिकरण समक्ष माग गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस