माघ १४, काठमाडौं । त्रिभुवन शिक्षण अस्पतालले नेपाल चिकित्सक संघको रिले अनसनप्रति आपत्ति जनाएको छ । अस्पतालका कार्यकारी निर्देशक प्राध्यापक डाक्टर प्रेम कुमार खड्गाले जारी गरेको विज्ञप्तिमा संघले आज शूरु गरेको रिले अनसन प्रति गम्भिर ध्यानाकर्षण भएको उल्लेख छ ।
उनले विज्ञप्ति जारी गर्दै अस्पताल परिषरमा हुने अनसन, रिले अनसन, विरोध प्रदर्शन जस्ता कार्यले स्वास्थ्यपोचारमा सुविधा प्रदान गर्न समस्या हुने तर्फ ध्यानाकर्षण गराएका छन् ।
अस्पतालमा कुनैपनि धर्ना, विरोध, बन्द हड्ताल जस्ता कार्य नगरीदिन पनि उनले आग्रह गरेका छन् । चिकित्सकिय नैतिक दायित्व अनुरुप सेवा प्रदान गर्न पनि उनले विज्ञप्ति मार्फत आग्रह गरेका छन् ।
यसैबीच अनसनरत डा। गोविन्द केसीको जीवन रक्षाका लागि पहल गर्न सरकारलाई दबाब स्वरुप नेपाल चिकित्सक संघमा आवद्ध चिकित्सकले आजदेखि रिले अनसन शुरु गरेका छन् । पहिलो दिन आज डा केसी अनसन बसेकै स्थलमा बिहान १० देखि बेलुका ५ बजेसम्म संघमा आवद्ध चिकित्सकहरु रिले अनसन बसेको संघका वरिष्ठ उपाध्याय ढुण्डीराज पौडेलले जानकारी दिए।