पाँच दिनदेखि लगातार हिमपात, मनाङको जनजीवन कस्टकर

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७५ माघ १४, सोमबार (६ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

माघ १४, लमजुङ । पाँच दिनदेखि लगातार परेको हिमपातले हिमाली जिल्ला मनाङको जनजीवन कस्टकर बनेको छ ।

यो वर्ष १० वर्षयताकै ठूलो हिमपात भएको स्थानीयले बताएका छन् ।

हिउँ ५ फिटसम्म जमेको छ ।

मनाङका प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाकाअनुसार हिमपातका कारण जनजीवन नराम्ररी प्रभावित भएको छ ।

सीधै सम्पर्क हुने वल्लो–पल्लो कार्यालय पनि आउ–जाउ गर्न नसकिएको उनले बताए ।

हिमपातका कारण मनाङका नार, फूलगायतका माथिल्ला भेगका गाउँहरु सम्पर्कविहीन बनेका छन् ।

चामेमा पनि छिनछिनमा फोन, इन्टरनेट, विद्युत् अवरुद्ध भइरहेको छ ।

चिसोबाट बिरामी भएका केही पर्यटकहरु हेलिकोप्टर मगाएर फर्किएका छन् ।

प्रहरी नायव उपरीक्षक खड्कबहादुर खत्रीले हिमपातबाट कुनै अप्रिय घटना नभएपनि विपद् निम्तनसक्ने सम्भावनालाई मध्यनजर राखेर सुरक्षा सतर्कता अपनाइएको जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस