माघ २२ गतेदेखि गोकर्णमा विराट ज्ञान महायज्ञ हुने

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७५ माघ २०, आईतबार (६ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

माघ २०,काठमाडौँ । काठमाडौँको गोकर्णस्थित वाग्मती, रुद्रमती र चन्द्रमतीको सङ्गम त्रिवेणीमा ‘विश्वशान्ति ऐतिहासिक राष्ट्रिय विराट महायज्ञ तथा आनन्द महोत्सव’ आयोजना हुने भएको छ ।

पण्डित रमेशप्रसाद सुवेदीको सङ्कल्पमा यही माघ २२ गतेदेखि महोत्सव सञ्चालन हुन लागेको आज काठमाडौँमा पत्रकार सम्मेलन गरी मूल आयोजक समितिले जानकारी दिइएको छ ।

२ सय ७१ पण्डितबाट कथा वाचन हुने कार्यक्रममा महायज्ञमा १८ महापुराण, १८ उपपुराण, श्रीमद्भागवत वाल्मिकीय रामायण, महाभारत अठारै पर्व, चार वेद तथा सहस्रचण्डी, अतिरुद्री, एक हजार आठ शालिग्राम पुजन कोटी होमलगायतका कर्याक्रम हुने पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

महोत्सव मूल आयोजक समितिका संयोजकसमेत रहनुभएका पण्डित सुवेदीले महोत्सव सम्पन्न गर्न झण्डै रु एक करोड ७७ लाख खर्च हुने अनुमान गरिएको बताए ।

कार्यक्रमका लागि भक्तजनबाट आउने स्वतःफूर्त सहयोग स्वीकार गरिने जानकारी दिँदै पण्डित सुवेदीले सामाजिक सेवा भावले २०६३ सालदेखि नै विभिन्न जिल्लामा धाार्मिक अनुष्ठान गर्दै आएको जानकारी दिए ।

उनले यसअघि देशका सबै जिल्लामा गरेर १०८ महायज्ञ सम्पन्न गरेको र देशलाई विश्वसामु चिनाउने उद्देश्यले शान्तिकुञ्ज मधुवनधाम संस्था स्थापना गरी धार्मिक अनुष्ठानका काम गर्दै आएको जानकारी दिए। महायज्ञ आगामी फागुन ८ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस