माघ २१, काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कार तथा हत्यामा संलग्न अभियुक्त खोजीका क्रममा प्रहरीले बनाएका शंकास्पद व्यक्तिका सबै स्केच फेल भएका छन्।
गत १० साउनमा साथीको घर जान भन्दै हिँडेकी निर्मलाको भोलिपल्ट घर नजिकैको उखुबारीमा शव भेटिएको थियो। त्यसयता प्रहरीले बलात्कार तथा हत्या अनुसन्धानका लागि लिएका स्केच नमिलेको प्रहरीले जनाएको छ।
‘कुनै व्यक्तिमाथि कसैले शंका गर्दा त्यसमा प्रहरीले सूक्ष्म निगरानी राखी स्केच बनाएर अनुसन्धान गर्दै आएको छ तर हालसम्म कसैको पनि स्केच म्याच भएको छैन। प्रहरी स्रोतले भन्यो।
स्रोतका अनुसार अहिलेसम्म प्रहरीले करिब १२ जनाको स्केच बनाइसकेको छ भने एक हजारभन्दा बढी व्यक्तिसँग सोधपुछ गरिसकेको छ।