मौसममा फेरि बदली, आज केही स्थानमा पानी पर्ने

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७५ माघ २८, सोमबार (६ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

माघ २८, काठमाडौं । लगातार चार दिन भारी वर्षासहित बदली भएको मौसममा आइतबार सुधार आएपनि सोमबार भने फेरि बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायुको प्रभाव फेरि बलियो भएर आएकोले सोमबारको मौसममा आशिंक देखि सामान्य बदली रहने महाशाखाले उल्लेख गरेको छ । आइतबार देशभरको मौसम सफा भएर घाम लागेको थियो ।

तर सोमबार भने देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहने महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

उच्च पहाडी भेगका केही स्थानमा हल्का वर्षा र हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस