आजदेखि मौसम बदली, पानी पर्ने सम्भावना

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७५ फागुन १०, शुक्रबार (६ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

फागुन १०, काठमाडौं । आजदेखि फेरि मौसम बदली भएर पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् ।

यतिबेला आकाश खुले पनि दिउँसोपख काठमाण्डौसहित देशका धेरै ठाउँको मौसम बदली हुने र पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायुको प्रभावका कारण आजदेखि मौसम बदली भएर केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद समिर श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार पश्चिमका एक, दुई ठाउँमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना छ ।

काठमाण्डौसहित मध्य र पूर्वी क्षेत्रमा पनि हल्का पानी पर्ने सम्भावना देखिएको उहाँले बताउनुभयो । मध्यका १(२ ठाउँमा र पूर्वका केही ठाउँमा पनि हल्का पानी पर्ने सम्भावना रहेको छ । हिजो र अस्ति मौसम सफा भएको थियो ।

पानी पर्न रोकिएलगत्तै तापक्रम बढ्न थालेको थियो । अस्ति काठमाण्डौको अधिकतम तापक्रम २२ दशमलब ८ डिग्री सेल्सियस र हिजो २५ डिग्री सेल्यिससम्म पुगेको थियो । अबको एकदुई दिन मौसम बदली हुँदा फेरि तापक्रम घट्ने र अर्को हप्तादेखि लगातार जस्तै तापक्रम बढ्ने मौसमविद श्रेष्ठले बताए।

ताजा अपडेट

खोजी गर्नुहोस