क्लब डेजाभूका सञ्चालक पक्राउ

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७५ फागुन ११, शनिबार (६ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

फागुन ११, काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले दरबारमार्गस्थित क्लब डेजाभूका सञ्चालकलाई पक्राउ गरेको छ।

प्रहरीले क्लब सञ्चालक प्रवेश श्रेष्ठ, प्रतीक श्रेष्ठ र समीप शिलाकारलाई बिहीबार साँझ पक्राउ गरेको हो। पक्राउपछि प्रहरीले उनीहरूविरुद्ध थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंमा हाजिर गराएको थियो।

त्यसलगत्तै उनीहरूविरुद्ध थप अनुसन्धानका लागि ३ दिनको म्याद थप गरिएको छ। उनीहरूविरुद्ध परिसरमा साढे ३ करोड रुपियाँ ठगी गरेको उजुरी दर्ता भएपछि पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस