मौसम बदली, पानी पर्ने सम्भावना कता ?

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७५ फागुन १३, सोमबार (६ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

फागुन १३, काठमाडौंँ । देशका अधिकांश क्षेत्रमा आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमका क्षेत्रको मौसम सामान्यतया बदली रहने मौसमविदले बताएका छन् । देशका अरु क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली हुने जनाइएको छ । पश्चिमका पहाडी क्षेत्रका केही ठाउँमा पानी पर्ने सम्भावना छ ।

यस्तै मध्य र पूर्वका पहाडी भू–भागका केही ठाउँमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको छ ।

काठमाडौँ उपत्यकामा बिहानैदेखि घाम लागेको छ । तर दिउँसो आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेको छ । मंगलबार पनि मौसम खुल्ने सम्भावना छैन ।

ताजा अपडेट

खोजी गर्नुहोस