देशभरको मौसममा बदली, मेघगर्जनसहित पानी पर्ने सम्भावना

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७५ फागुन १४, मंगलबार (६ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

फागुन १४, काठमाडौं । देशभरको मौसम मंगलबार आंशिक देखि पूर्ण बदली हुने जल तथा मौसम पूर्वानुमा महाशाखाले जनाएको छ ।

देशको पश्चिम क्षेत्रको मौसम सामान्यदेखि पूर्ण बदली भई अधिकांश क्षेत्रमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् ।

यस्तै मध्य र पूर्वका क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली हुनेछ । काठमाडौँ उपत्यकासहित मध्य र पूर्वका क्षेत्रमा पनि बिहानैदेखि बादल लागेको छ भने केही ठाउँमा घाम लागेको छ ।

दिउँसो मध्य र पूर्वका केही ठाउँमा मेघ गर्जनसहित हल्कादेखि मध्यम पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । उच्च पहाडी क्षेत्रमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

राति देशभरको मौसम समान्यदेखि पूर्ण बदली हुने र अधिकांश क्षेत्रमा पानी पर्ने देखिएको छ । पश्चिमी वायुको प्रभावका कारण मौसम बदली भएको हो ।

अझै केही दिन पश्चिमी वायु सक्रिय हुने देखिएकाले मौसम नखुल्ने महाशाखाले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस