ताप्लेजुङ दुर्घटना: मन्त्रीसहित सात जनाको शव काठमाडौं ल्याउन कठिन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ फागुन १५, बुधबार (६ साल अघि)
  • ३१ पटक पढिएको
Post Thumbnail

फागुन १५,काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रीसहित सात जनाको शव काठमाडौं ल्याउन कठिन भएको छ।

दुर्घटनास्थल ताप्लेजुङको फुङलिङ-१० मा हिमपात भइरहेको र भीरमा हेलिकप्टर बस्न नसक्ने भएकाले शव ल्याउन कठिन भएको हो।

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीका अनुसार शवहरूलाई हेलिकप्टरमा लिफ्ट गर्ने प्रयास भइरहेको छ।

‘शवहरूलाई पोको पारी उडिरहेको नेपाली सेनाको एमआई १७ हेलिकप्टरले फालेको डोरीबाट तान्ने प्रयास गरिरहेका छौं,’ प्रजिअ भण्डारीले भने,‘त्यो सम्भव भएन भने मान्छेले नै बोकेर ल्याउनु पर्छ।’

उनले मान्छेले सुकेटार विमानस्थलसम्म बोकेर ल्याउँदा चार घन्टा लाग्ने बताए।

‘प्रहरी घटनास्थलमा पुगिसकेको छ। सशस्त्र र नेपाली सेनाको टोली पनि जाँदैछ,’ भण्डारीले भने।

ताजा अपडेट

खोजी गर्नुहोस