सिस्नेभिर दुर्घटना : ४ जनाको शव सुकेटार विमानस्थल ल्याईयो

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ फागुन १५, बुधबार (६ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

फागुन १५,ताप्लेजुङ । ताप्लेजुङमा भएको एयर डाइनेष्टीको ९ एन एएमआई कल साइनको हेलिकप्टर दुर्घटनामा परेर निधन भएका ४ जनाको शव सुकेटार विमानस्थल ल्याइएको छ ।

दुर्घटनामा मृत्यु भएका पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित ४ जनाको शव ताप्लेजुङको सुकेटार विमानस्थलमा ल्याइएको हो ।

३ वटा शव मौसम खराबका कारण ल्याउन नसकिएपछि घटनास्थलमै रहेको जनाइएको छ ।

सबै शव संकलन नभएकोले काठमाडौं ल्याउने नल्याउनेमा निश्चित भैनसकेको बताइउको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस