मौसम: आज सामान्य, भोलिबाट फेरि बदली

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७५ फागुन १८, शनिबार (६ साल अघि)
  • ४० पटक पढिएको
Post Thumbnail
फागुन १८, काठमाडौँ । शुक्रबार देशका अधिकांश भूभागमा सफा रहेको मौसममा शनिबार फेरि बदली भएको छ । देशका अधिकांश स्थानमा शनिबारको मौसम बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसमविद मिनकुमार अर्यालका अनुसार पश्चिमी क्षेत्रमा बदलीको प्रभाव धेरै रहने छ । उनले पश्चिमी क्षेत्रका अधिकांश स्थानसहित मध्य र पूर्वी क्षेत्रका केही स्थानमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको जानकारी दिए ।
उच्च पहाडी भूभागमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद अर्यालले बताए । आइतबार पनि मौसममा सुधार देखिने सम्भावना नरहेको र केही स्थानमा मेघगर्जनसहित वर्षा हुने सम्भावना कायमै रहने उनको भनाई छ ।

ताजा अपडेट

खोजी गर्नुहोस