मौसम: आज पानी पर्ला ?

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७५ फागुन २१, मंगलबार (६ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

फागुन २१, काठमाडौँ । देशभरको मौसममा मंगलबार पनि सामान्य देखि आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले जारी गरेको सूचनामा अझै केही दिन मौसममा बदली कायमै रहने उल्लेख छ ।

देशको पहाडी भूभागमा मंगलबार आंशिक देखि सामान्य बदली रहने र बाँकी भूभागमा आंशिक बदली रहने उक्त सूचनामा उल्लेख छ ।

अपरान्हपछि देशको पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना पनि रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस