आफ्नै कर्मचारीको निगरानीका लागि अख्तियारले परिचालन गर्‍यो जासुस संयन्त्र

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७५ फागुन २४, शुक्रबार (६ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

फागुन २४, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नै आयुक्त र कर्मचारी आर्थिक अनियमिततामा तानिएको घटना सार्वजनिक भएपछि प्रमुख आयुक्त नवीन घिमिरेको निर्देशनमा प्रतिजासुस संयन्त्र परिचालन गरेको छ ।

तत्कालीन आयुक्त राजनारायण पाठकले ७८ लाख रुपैयाँ घुस लिएको प्रकरण सार्वजनिक भएपछि प्रमुख आयुक्त घिमिरेले आफ्नै निकायका पदाधिकारी र कर्मचारीको निगरानीका लागि जासुस संयन्त्र परिचालन गरेका हुन् ।

‘आयुक्त र अन्य कर्मचारी घुस प्रकरणमा जोडिएको पुष्टि हुनु निकै लाजमर्दो विषय हो,’ आयोग उच्च स्रोतले भन्यो, ‘भ्रष्टाचार नियन्त्रण गर्ने निकायकै पदाधिकारी र कर्मचारीका यस्ता गलत हर्कत नियन्त्रणमा समेत प्रतिजासुस संयन्त्र खटाइएको छ ।’ प्रतिजासुस संयन्त्रले आयोगको कार्यालयमै आयुक्तदेखि कर्मचारीसम्मका गतिविधि निगरानी गर्नेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस