सशस्त्र प्रहरीले ३२९७ जना प्रहरी जवान माग्यो (सूचनासहित)

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७५ फागुन २४, शुक्रबार (६ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

फागुन २४, काठमाडौँ । सशस्त्र प्रहरी बलले ठूलो संख्यामा भर्ना खुलाएको छ । सशस्त्र प्रहरी कार्यालयले ३२ सय ९७ जना सशस्त्र प्रहरी जवान माग गरेको हो ।

सशस्त्र प्रहरी बलको शुक्रबार प्रकाशित सूचनाअनुसार खुलातर्फबाट १७ सय ७७, महिला २९७, आदीबासी जनजाती ४७५, मधेसी ४१६, दलित २२२, पिछडिएको क्षेत्र ७४ र अमर प्रहरीबाट ३६ जना गरी कूल ३२ सय ९७ जना जवान माग गरिएको हो ।

इच्छुक र योग्यता पुगेका उम्मेदवारले आजदेखि आगामी चैत २५ गतेभित्र आवेदन दिन सक्नेछन् ।

सूचना हेर्नुहोस्ः

ताजा अपडेट

खोजी गर्नुहोस