कस्तो छ आजको मौसम ?

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७५ फागुन २९, बुधबार (६ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

फागुन २९, काठमाडौँ । देशका अधिकांश क्षेत्रमा बुधबारको मौसम आंशिकदेखि पूर्ण बदलीको अवस्थामा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी भेगको मौसम सामान्यदेखि पूर्ण बदली हुने मौसमविदले बताएका छन् । यसतै मध्य क्षेत्रमा आंशिकदेखि पूर्ण बदली हुनेछ । पूर्वी क्षेत्रमा आंशिक बदलीको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

पश्चिमका केही ठाउँ र मध्य तथा पूर्वको पहाडी भेगका एक–दुई स्थानमा मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । उच्च पहाडी क्षेत्रमा हल्का हिमपात हुने देखिएको छ ।

काठमाडौँ उपत्यकासहितका क्षेत्रको मौसम पनि बदलीकै अवस्थामा रहने जनाइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस