फागुन २९, धनगढी । ३० हजार रुपैयाँ घुस सहित कैलालीका सहायक वनअधिकृत भरतप्रसाद शाह पक्राउ परेका छन् । सेवाग्राहीबाट घुस लिदै गरेको अवस्थामा बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको टोलीले शाहलाई पक्राउ गरेको हो ।
धनगढीको तारानगरमा रहेको सव डिभिजन वन कार्यालयको आफ्नै कार्यकक्षमा सेवाग्राहीबाट घुस लिँदै गरेको अवथामा रंगे हात पक्राउ परेको पक्राउ गर्ने अख्तियारको टोलीले जनाएको छ ।
सुनसरीको इनरुवा नगरपालिका ३ का साहलाई काठ चोरीनिकासीको मुद्दा मिलाई दिने भन्दै घुस सेवाग्राहीबाट पैसा लिइरहेको भेटिएपछि रंगेहात समाउन सफल भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरले जनाएको छ ।