अधिकांश क्षेत्रमा बदली भएर पानी पर्ने सम्भावना

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७५ चैत्र १, शुक्रबार (६ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

चैत १, काठमाडौँ । देशको पश्चिमी भूभागमा शुक्रबारको मौसम सामान्यतया बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बाँकी भागहरुमा मौसम आंशिक बदली रहने छ ।

देशका केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको पनि महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

उच्च पहाडी तथा हिमाली भेगमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस