तराईमा हावा-हुरी: बारामा २६, पर्सामा १ जानको मृत्यु, उद्दार जारी (अपडेट)

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ चैत्र १८, सोमबार (६ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

चैत १८, काठमाडौं । हावा हुरीका कारण बारा र पर्सा जिल्लामा गरी २७ जनाको मृत्यु भएको छ। आइतबार साँझ आएको हावा हुरीले बारामा २६ र पर्सामा १ जनाको मृत्यु भएको बारा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता (डिएसपी) हेमबहादुर शाहीले बताए।

घाइतेहरूलाई वीरगन्ज क्षेत्रीय अस्पताल र जिल्लाका अन्य अस्पतालहरूमा राखिएको र त्यहाँ उपचारका लागि ठाउँको अभाव भएको खबर आएको शाहीले बताए।

ठूलो हावाहुरी आएको र घर लगायतका भौतिक संरचनामा क्षति भएकाले त्यहाँ पुरिएको हुनसक्ने शाहीले बताए।

बारामा ४०० भन्दा बढी घाइते रहेको बताइएको। उद्दार कार्यमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली खटिएको छ।

पर्साका विभिन्न स्थानमा १२० जना घाइते भएको र उनीहरूको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

ग्रामीण क्षेत्रमा आएको हावाहुरीका कारण घर, पर्खाल भत्किनाका साथै ठूलो जनधनको क्षति भएको छ। हुरीका कारण आपतमा परेकाहरूको उद्धारमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासी खटिएको प्रहरीले जनाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस