भीआईपी भीडले राहत वितरण प्रभावित

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ चैत्र २०, बुधबार (६ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

चैत २०, बारा । हुरीबतासले वितण्डा मच्याएको बाराको फेटा गाउंपालिका भलुहिभर्वो्लिया, पुरैनिया र बरैयामा सरकारी उच्च अधिकारी, राजनीतिक दलका नेता कार्यकर्ता र सर्वसाधारणको समेत भीडले राहत वितरण र भग्नावशेष पन्छाउने कार्य प्रभावित बनेको छ ।
हुरीबतासले अत्यधिक क्षति पु¥याएको यी गाउँमा उच्चपदस्थ सरकारी अधिकारीसहित बाहिरबाट दिनहुँ हजारौंको संख्मामा सर्वसाधारणको ओइरो लाग्ने क्रम बढेको छ ।

‘बिहानदेखि नै गाउँको सडकमा भीआईपी चढेर आएका गाडीको जाम लागेको स्थानीय जफिर आलमले बताए । उनले भने– ‘गाडीको जाम र सर्वसाधाणको भीडभाडले अस्पतालमा घाइते आफन्तलाई भेटघाट गर्न घर फर्किन समेत समस्या भएको छ ।’

‘मन्त्री र नेताहरु आएर हेर्छन्, सोधेको कुरा बताउनै प¥यो’, उनले भने– ‘भीडभाडले कामको मेलोमेसो नै पाउन सकिएको छैन ।’

ताजा अपडेट

खोजी गर्नुहोस