चैत २२, काठमाडौँ । बारा र पर्साका हावाहुरी पीडितका लागि काठमाडौं महानगरपालिकाले २५ लाख सहयोग गर्ने घोषणा गरेको छ ।
बिहीबार बसेको नगरकार्यपालिकाको बैठकले हावाहुरी प्रभावितलाई २५ लाख सहयोग गर्ने निर्णय गरेको हो । यस्तै जनप्रतिनिधि र कर्मचारीले पनि आफ्नो पारिश्रमिकवापतको एकदिनको तलब पीडितलाई सहयोग गर्ने निर्णय गरेका छन् ।
गत आइतबार रातीको हावाहुरीले बाराको फेटा गाउँपालिका र पर्साको पर्सौनी गाउँपालिकामा ठूलो धनजनको क्षति भएको थियो ।
वर्षातयामको पूर्वसन्ध्यामा हावाहुरीका कारण धेरैले आवास समेत गुमाएकाले राहत र उद्धारका लागि सहयोग गर्ने निर्णय गरिएको महानगरपालिकाका प्रवक्ता इश्वरमान डंगोलले जानकारी दिए ।
उनका अनुसार यो रकम प्रधानमन्त्री दैवी प्रकोप उध्दार कोषमा जम्मा गरिनेछ । यस्तै नगरकार्यपालिकाको बैठकले ४ वटा बिधेयक आउँदो आइबार बस्न लागेको नगरसभामा पेश गर्ने निर्णय गरेको छ ।