चैत २३, काठमाडौँ । बारा र पर्साका हावाहुरी प्रभावितहरुका लागि हालसम्म ४ करोड ११ लाख रुपैयाँ जम्मा भएको छ।
शनिबार त्रिभुवन विश्वविद्यालय कर्मचारी एसोसिएशन केन्द्रीय समिति कीर्तिपुरले १० लाख ८२ हजार १ सय ५५ रुपैयाँ सहयोग गरेको हो।
समितिका केन्द्रिय अध्यक्ष भोजरात रावतले वीरगञ्जको ठाकुरराम क्याम्पसमा सहयोग रकम हस्तान्तरण गरेका हुन्। प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतलाई उक्त रकमको चेक हस्तान्तरण गरिएको हो।
रकम बुझदै मुख्यमन्त्री राउतले यसले हुरी प्रभावितहरुको लागि सहयोग पुग्ने विश्वास व्यक्त गरे।
हावाहुरीबाट प्रभावितहरुको सहयोगका लागि स्थापना गरेको मुख्यमन्त्री राहत कोषमा विभिन्न संघसंस्था तथा व्यक्तिले सहयोग गरेका छन्।