२५ हजारसहित पक्राउ परेका घुस्याहा अधिकृतलाई विभूषण दिने तयारी !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ चैत्र २७, बुधबार (६ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

चैत २७, काठमाडौँ । ३ असोजमा संविधान दिवसका अवसरमा घोषणा गरिएका विभूषण १ वैशाखमा राष्ट्रपतिको हातबाट वितरण हुँदै छ।

तर, विभूषण पाउने सूचीमा घुससहित पक्राउ परेका कर्मचारीसमेत छन्।

जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रशासकीय अधिकृत कैलाश मातक्षे श्रेष्ठ २ फागुनमा २५ हजार रुपैयाँ घुससहित पक्राउ परेका थिए।

उनी गृहमन्त्रालयले दिने प्रबल जनसेवाश्री विभूषण पाउने सूचीमा छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनी विरुद्ध मुद्दा समेत दायर गरिसकेको छ।

लेनदेन मुद्दा मिलाई दिने भन्दै उनले घुस लिएका थिए। हजारौँ अधिकृतमध्ये उनी उत्कृष्ठ भन्दै गृह मन्त्रालयले उनलाई छनौट गरेको थियो।

त्यस्तै विभूषण पाउने सूचीमा रहेका अर्का विवादास्पद व्यक्ति हुन् रुपन्देहीका शिक्षक घनश्याम पाठक। चलखेलकै आधारमा उनको नाममा निर्णय भएको खुलेपछि अहिले उनीमाथि समेत छानविन भइरहेको श्रोत बताउँछ।

ताजा अपडेट

खोजी गर्नुहोस