चैत ३०, काठमाडौं । उपत्यकामा मनाईने सेतो मछिन्द्रनाथको रथ जात्रा शनिबारबाट सुरू भएको छ । सेतो मछिन्द्रनाथको रथ साँझ जमलको तीन धाराबाट रन थानेर असन पुर्याइएको छ ।
रथ तान्न काठमाडौं महानगरकी उपमेयर हरिप्रभा खड्की समेत जमल पुगेकी थिइन् ।
जात्रा व्यवस्थापन समितिका अनुसार उपत्यकाका वृद्धवृद्धालाई दर्शन गराउँन रथलाई नगर परिक्रमा गराउँने चलन अनुसार रथलाई नगर घुमाइन्छ ।
सेतो मछिन्द्रनाथको दर्शन गरे सुख, सुस्वास्थ, दीर्घायु तथा आर्थिक उन्नति हुने विश्वास छ ।