स्थानीयकै कारण ललितपुरमा लोडसेडिङ गर्नु पर्ने वाध्यात्मक अवस्था !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ बैशाख १९, बिहिबार (६ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

बैशाख १७,काठमाडौँ । काठमाडौं उपत्यकाको विद्युत् आपूर्तिमा सुधार गर्न महत्वपूर्ण मानिएको निर्माणाधीन थानकोट–चापागाउँ–भक्तपुर १३२ केभी प्रसारण लाइनको टावर ढालिएको छ । ललितपुर महानगरपालिका बडा नम्बर २१ खोकनामा २७ नम्बर टावरको फेदबाट नटबोल्ट खोलेर ढालिएको हो ।

नटबोल्ट खोलिदिएकाले खडा गरिएको टावर केही दिनअघि ढलेको हो । बुधबार नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले टावरको निरीक्षण गरेका थिए ।

यो प्रसारणलाइन बनने ललितपुरमा निकट भविष्यमा नै लोडसेडिङ हुने सम्भावना देखिएको प्राधिकरण बताउँछ ।

विद्युत्को माग बढिरहेको तर हाल विद्युत आपूर्ति गर्ने फिडरको क्षमताले नधान्ने हुँदा माग र आपूर्तिको सन्तुलन मिलाउन ललितपुरमा लोडसेडिङ गर्नु पर्ने वाध्यात्मक अवस्था आउन लागेको कार्यकारी निर्देशक घिसिङले बताए ।

आर्थिक वर्ष २०५५÷०५६बाट सुरु भएको थानकोट(चापागाउँ(भक्तपुर प्रसारण लाइन आयोजनाको ललितपुर खण्ड स्थानीय बासिन्दाको अवरोधका कारण निर्माण हुन सकिरहेको छैन । ललितपुरको खोकना, बुंगमती, हरिसिद्धी र लामाटार क्षेत्रका स्थानीय बासिन्दाले प्रसारण लाइनको रुट परिवर्तनको माग गर्दै निर्माणमा अवरोध गरिरहेका छन् ।

काठमाडौं र भक्तपुरतर्फको निर्माण भने सकिएको छ । समस्या समाधानका लागि प्राधिकरणले गरिरहेको प्रयास पनि सफल भएको छैन ।

स्थानीयको अवरोधले निर्माणमा अवरोध हुँदा प्रसारण लाइन अभावमा ललितपुरमा लोडसेडिङ गर्नु पर्ने अवस्था आउन लागेपछि प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बुधबार आयोजनास्थलको निरीक्षण गरेका छन् । घिसिङले स्थानीयले मुख्य रुपमा अवरोध गरेको खोकना, बुंगमती, चापागाउँ र हरिसिद्धी क्षेत्रमा प्रसारण लाइन निर्माण अवस्थाको जानकारी लिएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस