पौष ७, धादिङ । धादिङको गल्छि गाउँपालिका वडा नम्बर ८ मा माईक्रोबस पूर्ण रुपमा जलेको अबस्थामा भेटिएको छ । काठमाण्डौबाट नुवाकोटको देबिघाट रिजर्भ गएको माईक्रो राती गल्छि ८ मा राखिएको थियो ।
रिजर्भबाट फर्कने बेलामा नै तार सर्ट भएको शँका लागे पनि खासै चासो नदिएको र सोहि कारणले पनि माईक्रो पुर्ण जलेको हुन सक्ने ईलाका प्रहरुी कार्यालय बैरेनीका सई बिष्णु बहादुर नेपालीले जानकारी दिए । यस सम्बन्धि थप अनुसन्धान भईरहेको उहाँको भनाई रहेको छ । पुर्ण रुपमा जलेका कारण नम्बर समेत देखिएको छैन ।