३ लाख बेरोजगार युवालाई स्थानीय तहले रोजगारी दिने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ पौष ११, शुक्रबार (५ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

पौष ११, काठमाण्डौँ । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम (पीएमइपी) मार्फत ३ लाख बेरोजगार युवालाई न्युनतम रोजगारी दिने लक्ष्यसहित ५ अर्ब १ करोड रुपैयाँ स्थानीय तहमा पठाउने तयारी गरेको छ । चालू आर्थिक वर्षको रोजगार कार्यक्रम अन्तर्गत ७५३ स्थानीय तहमा पुसको परियोजनामार्फत रोजगारी दिन सो बजेट विनियोजन गर्न लागेको हो ।

यो खबर आजको कारोबार दैनिकमा गोपाल संग्रौलाले लेखेका छन् । सरकारले महत्वका साथ अघि बढाएको प्रधानमन्त्री स्वरोजगार कार्याक्रम (पीएमइपी) अन्तर्गत स्थानीय तहमा परियोजना सञ्चालन गरी बेरोजगार युवालाई एक सय दिनसम्मको रोजगारी दिन पुसको अन्त्यसम्म बजेट विनियोजन गर्ने तयारी सुरु गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस