नमुना जनगणना माघदेखि सातै प्रदेशमा

Post Thumbnail

पौष १३, काठमाण्डौँ । केन्द्रीय तथ्याङ्‍क विभागले नमुना जनगणनाको तयारी सुरु गरेको छ । आउँदो माघदेखि चैत मसान्तभित्रमा नमुना जनगणना सम्पन्न गर्ने गरी तयारी थालिएको केन्द्रीय तथ्याङ्‍क विभागले जनाएको छ । राष्ट्रिय जनगणना(२०७८ का लागि विभागले एक बर्ष पहिलेबाट तयारी थालेको हो । सातै प्रदेशमा दुई जिल्लाका दरले कूल १४ जिल्लामा नमुना जनगणना गरिने भएको छ ।

फागुन ९ देखि २८ गतेसम्म घर तथा घरपरिवार सूची सङ्‍कलन र चैत ९ देखि २३ गतेसम्म मुख्य गणना तथा सामुदायिक प्रश्नावली भर्नका लागि मिति तोकिएको विभागका निर्देशक ढुण्डीराज लामिछानेले जानकारी दिए । राष्ट्रिय जनगणनाका लागि विभागले प्रश्नावलीलगायत विभिन्न विषयमा विभिन्न जातजाति, भाषा, लिङ्‍ग, वर्ग, समुदायलगायतसँग छलफल गरिरहेको निर्देशक लामिछानेले बताए । यसका लागि विभागले घर तथा घरपरिवार सूची सङ्‍कलन गर्न २० दिन र प्रश्नावली भर्ने समय १५ दिन छुट्ट्याएको छ ।

नेपालमा हालसम्म ११ वटा जनगणना सम्पन्न भएका छन् । वि।सं। १९६८ मा नेपालमा पहिलो जनगणना भएको थियो । १९९८ सम्म सञ्चालन भएका जनगणना सामान्य व्यक्ति गणनाका रूपमा मात्र सीमित थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस