एमसीसी परियोजना नेपालको हितमा : अमेरिका

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ पौष २३, बुधबार (५ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

पौष २३, काठमाण्डौँ । अमेरिकी सहयोगसम्बन्धी बहुचर्चित परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे सत्तारुढ दलका शीर्ष नेताको मत बाझिएका बेला अमेरिकाले परियोजना नेपालको हितमा रहेको बताएको छ । काठमाडौँस्थित अमेरिकी दूतावासले आफ्नो देशका तर्फबाट नेपालमा हुने कुनै पनि कार्यक्रम जवाफदेही, पारदर्शी तथा पारस्परिक समृद्धिको सिद्धान्तमा आधारित हुने जनाएको हो ।

‘हामीले गर्ने कुनै पनि प्रकारका विकास वा अनुदानका कार्यक्रम सधैँ पारदर्शी र जवाफदेहितालाई महत्व दिन्छौं,’ मंगलबार ट्विट गर्दै नेपालका लागि अमेरिकी राजदूत (यान्डी बेरीले लेखेका छन् । एसीसी परियोजनाबाट बन्ने विद्युत् प्रशारणलाइन र सबस्टेसन छुने विभिन्न १० जिल्लाका ३० गाउँपालिका, नगरपालिकामा सार्वजनिक कार्यक्रम सम्पन्न भएको दूतावासले प्रस्ट्याएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा टीका बन्धनले लेखेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस