पौष २४, चितवन । नारायणघाट मुग्लिङ्ग सडकमा बाँकी रहेका आठ ठाँउमा पहिरो रोकथामको काम गर्न गत मंसिर २७ गतेदेखि प्रत्येक दिन बिहान 11:00 बजेदेखि दिउँसो 3:00 बजेसम्म सडकमा सवारी साधनलाई रोकेर काम गर्ने सिलसिला आजसम्म जारी रहेको थियो । आजबाट भने बाटो पुर्ण रुपमा सञ्चालन गरेर सवारी साधन चलाउने निर्णय भएको मुग्लिन प्रहरीले जनाएको छ ।
आजको मौसम अनुकुल नभएकोले काम नगरिएको र बााकी कााकी अब सवारी साधनलाई रोक्दै ट्राफिक ब्यवस्थापन मिलाउँदै कार्य गरिने भएको छ । यो सँगै दैनिक ४ घण्टा सवारी साधन रोकेर काम गर्ने सिलसिलाई आजैदेखि रोकिएको हो ।