गुण्डागर्दीमा संलग्न धादिङका पौडेलसहित दुई जना काठमाडौंबाट पक्राउ

Post Thumbnail

पौष २४, काठमाण्डौँ । गुण्डागर्दीमा संलग्न २ जनालाई काठमाडौंका विभिन्न ठाउँबाट प्रहरीले पक्राउ गरेको छ । व्यापारी तथा व्यक्तिलाई हातहतियार देखाई जबरजस्ती असुली गर्दै आएका गुण्डा नाइकेहरु देवेन्द्र घर्तीमगर र सुजन पौडेललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

धादिङको निलकण्ठ नगरपालिका–३ का सुजन पौडेलले २०७१ सालमा गुण्डा नाइके राधे भण्डारीका कार्यकर्ता काजी शाक्यलाई खुकुरी हानी घाइते बनाएका थिए । उनले उक्त प्रकरणमा ज्यान मार्ने उद्योगअन्तर्गत ११ महिना जेल सजाय भुक्तान गरेका थिए ।
पक्राउ परेकामध्ये बाग्लुङको ढोरपाटन घर भएका देवेन्द्र बहादुर घर्तीमगरले २०६४ गुण्डा नाइके रमेश बाहुनलाई गोली हानी घाइते बनाएका थिए । देवेन्द्रले उक्त प्रकरणमा ज्यान मार्ने उद्योगको मुद्दामा ४ वर्ष कैद सजाय समेत भुक्तान गरिसकेका छन् ।
महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले दुवै जनालाई पक्राउ गरेको हो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस