भारतीय भन्सारले रोक्यो नेपालको प्रशोधित पाम आयल, नेपाल सरकारले वार्ता गर्ने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ पौष २५, शुक्रबार (५ साल अघि)
  • ५४ पटक पढिएको
Post Thumbnail

पौष २५, काठमाण्डौँ । भारत सरकारले प्रशोधित पाम आयल आयातमा प्रतिबन्ध लगाउने निर्णय गरेको भोलिपल्ट आर्थात् बिहीबारदेखि नै नेपालबाट त्यसको निकासी रोकिएको छ । वीरगञ्ज भन्सारबाट बिहीबार जाँचपास भएको प्रशोधित पाम आयल भारतीय रक्सौल भन्सारले रोकेको छ । जोगबनीस्थित भारतीय भन्सारले पनि नेपाली पाम आयल भारत छिर्न दिएन ।

बिहीबार अपरान्हसम्म जाँचपास भएकोमा साझ उद्योगीहरुले निकासी रोकिएको भन्दै तेल फिर्ता ल्याउने निवेदन दिएको वीरगञ्ज भन्नसार भ्रमुख भन्सार प्रशासक ढुण्डीप्रसाद निरौलाले बताए ।
भारतीय भन्सारले रोकिदिएपछि उद्योगीले नाकामा रोकिएको तेल फिर्ता ल्याउन अनुमतिका लागि भन्सारलाई निवेदन दिएका हुन् । यो समाचार आजको आर्थिक अभियानमा मिलन विश्वकर्मा र अमप्रकाश खनालले लेखेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस