भारतीय मालवाहक सवारी नेपाल प्रवेशमा रोक लगाउन ट्रक व्यवसायीको माग

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ पौष २७, आईतबार (५ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

पौष २७, काठमाण्डौ । भारतीय नम्बरका मालवाहक सवारीलाई नेपाल प्रवेशमा रोक लगाउन ट्रक व्यवसायीले माग गरेका छन् । विराटनगर ट्रक व्यवसायी संघको २९औं साधारण सभा तथा १५ औं अधिवेशन कायईक्रमको अवसरमा शनिवार विराटनगरमा व्यवसायीले भारतीय मालवाहक सवारीलाई सीमा क्षेत्रबाट नेपाल प्रवेशमा रोक लगाउनुपर्ने माग गरेका हुन् ।

भारतबाट मालवस्तु लिएर भन्सार सीमा क्षेत्रसम्म आएका मालवाहक सवारी नेपालमा मनपरी ढंगले सञ्चालनमा आउँदा नेपाीको रोजगारी खोसिएको भन्दै तत्काल रोक लगाउन माग गरिएको हो । गोरखापत्र दैनिकमा खबर छ ।

ताजा अपडेट

खोजी गर्नुहोस